अखिलका निवर्तमान अध्यक्ष बडालले मागे प्रधानमन्त्रीको राजीनामा

518
Shares

काठमाडौं । अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

जेनजी प्रदर्शनबाट भएको क्षतिको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन उनले आग्रह गरेका हुन् ।

‘यो नरसंहार गर्न कसैलाई छुट छैन । स्वतःस्फूर्त उठेको पुस्ताको आवाज दबाउने हर्कतले प्रत्येक नेपालीको मन पोलिरहेको छ, हामी कार्यकर्ताहरूको पनि पोलिरहेको छ,’ बडालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, आज तपाईं बसिरहेको पद तपाईंको व्यक्तिगत सम्पत्ति होइन । त्यो पदको विरासत हामीजस्ता कार्यकर्ताले आफ्नो पसिना, आँसु र संघर्षबाट दिलाएका हौं ।’

उनले थप लेखेका छन्, ‘अब त्यो पदको वास्तविक सम्मान गर्ने बाटो एउटै छ ,नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा गर्नुहोस् । यही कदमले मात्र तपाईंको राजनीतिक यात्रालाई जनताले मनन गर्ने र इतिहासले न्याय गर्ने छ ।’