
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्ती गर्ने निर्णय तत्काल कार्यान्वय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तिरम आदेश जारी गर्दै दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।
सरकारले ओझालाई पदबाट बर्खास्त गरेपछि आइतबार ओझो रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।
इजलासले बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रियासमेत अघि नबढाउन आदेश दिएको हो ।
नयाँ अध्यक्ष नियुक्तिका लागि प्राधिकरणमा १४ जनाको आवेदन परेको छ । गएको भदौ २ गते बसेको सरकारको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
त्यसअघि, ओझाको योग्यता तथा अनुभव सम्बन्धमा प्रश्न उठेपछि सरकारले गत असार ३० मा पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो सँगै उनी निलम्बनमा परेका थिए ।










प्रतिक्रिया