
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ बैठक बोलाइएको उल्लेख छ ।
साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएके मन्त्रिपरिषदको बैठक सामाजिक सञ्जाल बन्द र जेनजीको प्रदर्शनसँग सम्बन्धित हुने छ । जेनजी आन्दोलका क्रममा ६ जनाको ज्यान गइसहेको र दर्जनौ घाइते भएको अवस्थामा ओली सरकारले मन्त्रिपरिषद बैठक बोलाएको छ ।
सरकारले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको भएपनि अझै त्यो क्षेत्रमा प्रदर्शन रोकिएको छैन ।
साेमबार नै कांग्रेस महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवालाइ भेटेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सच्याउन दबाब दिएका थिए । जवाफमा सभापति देउवाले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका थिए ।








प्रतिक्रिया