जेनजी प्रदर्शनः मृत्यु हुनेको संख्या ३ पुग्यो

21
Shares

काठमाडौं । काठमाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

काठमाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा संसद भवनको एक नम्बर गेटमा गोली लागेर थप एक व्यक्तिको मृत्यु भएको हो ।

यसअघि, प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो । सिभिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै, अस्पतालमा उपचारकै क्रममा अर्का एक व्यक्तिको पनि मृत्यु भएको जनाइएको छ । यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या दुई गरी कुल मृत्यु हुनेको संख्या तीन पुगेको हो ।