जेनजी प्रदर्शनका क्रममा एक जनाको मृत्यु

224
Shares

काठमाडौं । काठमाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

सिभिल अस्पतालका अनुसार घाइतेमध्येका एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । उनको परिचय खुल्न भने बाँकी छ ।