
एजेन्सी । इजरायलले गाजामा गरिरहेको नरसंहारको विरोध गर्ने दुईजना अमेरिकी पूर्व सैनिकहरूलाई पक्राउ गरिएको छ ।
अमेरिकी संसद् क्यापिटोल हिलमा बुधवार सिनेटको सुनुवाइ चलिरहेको बेलामा ती दुई पूर्व सैनिकले समितिका सदस्यहरू गाजा नरसंहारको मतियार भएको आरोप लगाएका थिए ।
सेनाकी पूर्व गुप्तचर अधिकृत जोसेफिन गिल्बो र ग्रीन बरे लेफ्टिनेन्ट कर्नेल रहिसकेका एन्थोनी अगिलारलाई हतकडी लगाएर पक्राउ गरिएको थियो ।
उनी गाजा ह्युमानिटेरियन फाउन्डेशन नामक संस्थाका सुरक्षा ठेकेदार थिए । उक्त संस्थाले खानाको खोजीमा आएका प्यालेस्टाइनी सर्वसाधारणमाथि घातक आक्रमण गरेको विषयमा उनले सूचना सार्वजनिक गरेका थिए ।
गाजा नरसंहारमा अमेरिका मतियार रहेको र बालबालिकाको नृशंस हत्यामा भागिदार रहेको गिल्बोले आरोप लगाइन् ।
अमेरिकी संसद्ले पूर्व सैनिकहरूलाई यसरी पक्राउ गर्दा सर्वसाधारणलाई पनि बाँकी नराख्ने अगिलारले बताए । अमेरिकी करदाताले नरसंहारमा लगानी गरिरहेको पनि उनले बताए ।
@aljazeeraenglish Video shows US Army veterans Anthony Aguilar and Josephine Guilbeau, interrupting a Senate hearing denouncing US support for Israel’s war on Gaza. . Both were arrested and reportedly released later. #news
♬ original sound – Al Jazeera English – Al Jazeera English








प्रतिक्रिया