२१ दिनका लागि २३ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

35
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै २१ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने जनाएको हो ।

केन्द्रीय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्न सूचना जारी गरेको छ, जसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो तीन बजेसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने छ ।

राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने उल्लेख गरेको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।

Skip This