
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको राम्रा काम जनतासम्म लैजान आग्रह गरेका छन् । पौडेलले सरकारले गरेका नराम्रा कामको भने आलोचना गर्न पनि आर्थिक पत्रकारसँग आग्रह गरेका हुन् ।
शनिबार सम्पन्न नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।
मुलुकको आर्थिक क्षेत्रमा सेजनले सकारात्मक र नकारात्मक पक्षलाई उठान गरी सरकारलाई सहयोग गर्दै आएको जानकारी दिए ।
‘सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ’ उनले भने, ‘सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ ।’








प्रतिक्रिया