सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन विमानस्थलको उडान-अवतरणमा ढिलाइ

189
Shares

काठमाडौं । सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरणमा ढिलाइ भएको छ।

सञ्चार उपकरणमा आएको समस्याका कारण जहाजहरुको उडान अवतरण ठप्प नभएपनि ढिलो हुन उडान अवतरणको व्यवस्थापन मिलाउन हम्मे परेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

उनका अनुसार सवा ११ बजेदेखि आधा घण्टासम्म देखिएको उक्त समस्याका कारण जहाजको उडान अवतरणमा केही ढिलाइ भएको हो ।

आधा घण्टासम्म भएको उडानको ढिलाइको असरका कारण अरु उडानलाई पनि असर परेको उनले बताए । अहिले समस्याको समाधान भएर उडान सुरु भइसकेको पनि उनले जानकारी दिए ।