बुढाथोकी कोल्ड स्टोरेजले एकै वर्ष गर्‍यो १ अर्ब बढीको व्यापार

707
Shares

काठमाडौं । बुढाथोकी कोल्ड स्टोरेज प्रालिले एकै वर्ष १ अर्ब ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा हालसम्मकै उच्च व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १ करोड रुपैयाँ, सन् २०२२ मा ७६ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ४७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार हरेक वर्ष बढ्दो क्रममा देखिएको छ । सन् १९९६ मा स्थापना भएको कम्पनीले सन् २०१५ देखि कोल्ड स्टोरेजको काम गर्दै आएको छ । कम्पनीले कुखुराको प्रशोधन युनिट निर्माण गरी कार्य गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ देखि बंगुर प्रशोधन युनिट पनि निर्माण गरेको थियो । बसन्तप्रकाश बुढाथोकीको ३६ प्रतिशत, मिना बुढाथोकीको ५१ प्रतिशत र नमिब बुढाथोकीको १३ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १७ करोड ८८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७६ करोड ३८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४१ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको उच्च कार्यशील पुँजीको तिब्रताका कारणले तरलता प्रोफाइल अझै विस्तारित रहेको छ । सन् २०२३ मा ५२ प्रतिशत रहेकोमा अहिले बढेर ६१ प्रतिशत पुगेको छ । जसले गर्दा तरलता दबाब सिर्जना भएको रेटिङमा उल्लेख छ । कम्पनीकाअनुसार गत वर्षमा आपूर्तिकर्ताहरुले एड्भान्समा काम गरेका हुनाले उच्च दबाब सिर्जना भएको छ ।
त्यस्तै कम्पनीले गत आवको ९ महिनाको अवधिमा कुखुराबाट मात्रै ९५ प्रतिशत आम्दानी गरेको छ ।