
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आज सुन तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ र यो अहिलेसम्मकै महँगो हो।
यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







प्रतिक्रिया