
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आईपीओ निष्कासन अनुमति पाएको छ ।
दक्षिण कोरियाली कम्पनीको सहायक कम्पनीको रुपमा रहेको एसवाई प्यानल नेपाललाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्कासन अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले सेयर निष्कासनका लागि यसअघि नै प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।








प्रतिक्रिया