दिनदिनै दशैंः सामसङ मोबाइलको चाडपर्व अफर

259
Shares

काठमाडौं । मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” ल्याएको छ ।

यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ । यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ ।

सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरिएल नम्बर टाइप गरी सामसुङ स्पेश सिरियल नं. लेखेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ ।

प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर रु। १ लाख पाउनेछन् भने अन्य १० जना विजेताले रु। १०,००० को शपिङ भौचर प्राप्त गर्नेछन् ।

यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन् । यी शपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ ।

एमएक्स सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितका अनुसार, ‘दिन दिनै दशैं’ मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।