
काठमाडौं । नेपाली बजारमा मंगलबार(आज) पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सोमबार २ लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको सुनको मूल्यमा आज बढोत्तरी हुँदा अहिलेसम्मकै महँगो बनेको हो । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो साताको पहिलो दिन आइतबारदेखि नै सुनको मूल्यले लगातार रेकर्ड बनाइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया