
काठमाडौं । रुपन्देहीको भैरहवामा रहेको बोधी रेडसन होटल पुनर्निर्माणका लागि डेढ अर्ब ऋण लिने तयारी गरेको छ ।
कम्पनीले हाल सञ्चालनमा रहेको होटललाई पुनर्निर्माण गर्न दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४८ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको हो । सन् २०१४ मा स्थापना भएको कम्पनीले चारतारे होटल सञ्चालन गर्दै आएको छ ।
५.२५ हेक्टर क्षेत्रफलमा फैलिएको होटलमा ९७ वटा कोठा र सुइट्स, मल्टि कुजिन रेस्टुरेन्ट, लक्जरियस स्पा स्वीमिङ पुल, फिटनेस सेन्टर र ब्याङ्क्वेट र कन्फरेन्स हलको सुविधा छ ।
कम्पनीले आगामी दिनलाई मध्यनजर गर्दै होटललाई पुनर्निर्माण कार्य अगाडि बढाएको जनाएको छ । कम्पनीले कोठा, इन्टेरियर र भवनको पूरै पूर्वाधार पुनर्निर्माण गर्ने जनाएको छ ।
कम्पनीले हालसम्ममा २५ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ । प्रमोदकुमार यादव अध्यक्ष रहेको कम्पनीमा ६ जना निर्देशक छन् ।







प्रतिक्रिया