
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १७ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो, जुन अहिलेसम्मकै महँगो हो । आइतबार सुनको मूल्य तोलाको २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो ।







प्रतिक्रिया