एयर इन्डियाले ग्राउण्ड ह्याण्डलिङ निगमलाई दिने, खोस्न प्रयास भइरहेका बेला पूर्ण एकाधिकार जमाउँदै

4.8k
Shares

काठमाडौं । एयर इन्डियाले नेपालमा उडान सञ्चालन गरेदेखि नै गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई दिने तयारी भएको छ । एयर इन्डियाले निगमबाटै ग्राउण्ड ह्याण्डलिङ सेवा लिने र निगमलाई प्राविधिक सपोर्ट मात्रै दिने तयारी भएको छ ।

एयर इन्डियालाई निगमले नै ग्राउण्ड ह्याण्डलिङ सेवा दिने विषयमा निगम र एयर इन्डियाबाट द्विपक्षीय सहकार्य तथा सहमतिको काम अन्तिम चरणमा पुगेको छ ।

निगमका प्रवक्ता सुवास डाँगीकाअनुसार अब एयर इन्डियाले ग्राउन्ड ह्याण्डलिङको जिम्मा निगमलाई नै दिन तयार भएको छ । त्यसका लागि दुबै वायुसेवाबीच सहमति हुनुपर्छ । सहमतिका विषयमा टुंगो लागिनसकेको भए पनि निगमले दिने सेवाको विषयमा एयर इन्डिया तयार भएको उनले जानकारी दिए ।

यसअघि थाई एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा पनि २९ अक्टोवर २०२३ भएको भएको सम्झौतापछि निगमले दिँदै आएको छ ।

निगमले भूमिस्थ सेवा दिने भएपछि थाईले प्रयोग गर्दै आएको ८० थान ग्राउण्ड सपोर्ट इक्विपमेन्ट निगमलाई हस्तान्तरण भइसकेको छ । थाई एयरयको ग्राउण्ड ह्यान्डलिङ सेवाबाट निगमलाई वार्षिक ३ अर्ब रुपैयाँको कारोबार बढ्ने पनि उल्लेख छ।

निगमले भारतीय वायुसेवा कम्पनीसहित सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवाको ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ प्रवन्ध) सेवा दिने भएपनि यसको आम्दानीको दायरा बढ्ने र थप विश्वासिलो बन्न सक्ने डाँगीको भनाइ छ ।

निगमले हाल ग्राउण्ड ह्याण्डलिङसेवाबाट वार्षिक ४ अर्बको हाराहारीमा आम्दानी गरिरहेको छ । थाई एयरवेजको पनि निगमले नै गर्न थालेपछि र अरु अन्तर्राष्ट्रिय वायुसेवाको उडानसमेत बढे यो वर्ष साढे ४ देखि ५ अर्ब रुपैयाँ उक्त सेवाबाट आम्दानी हुने अनुमान निगमको छ ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसहित सरकारले भने हवाई नीति बनाएरै निगमबाट यो सेवा खोस्न खोजेका छन् । तर यस्तो सेवामा प्रस्तिपस्पर्धा गराउने र गुणस्तरीय सेवा दिन प्रतिस्पर्धा गराउने निगमेको भनाइ छ।

पर्यटन मन्त्रालयले तयार पारेको हवाई नीतिको प्रारम्भिक मस्यौदामा नेपाल वायुसेवा निगमको एकाधिकार रहेको भूमिस्थ प्रवन्ध सेवालाई समयानुकुल सुधार गर्दै गुणात्मक तथा प्रतिस्पर्धी बनाइने उल्लेख छ । यो व्यवस्था गरिएपछि भने निगमको भूमिस्थ सेवाको एकाधिकार खोसिन सक्छ ।

वायुसेवा निगम स्थापनाकालदेखि हालसम्म एकाधिकार रहेको विदेशी वायुसेवालाई विमानस्थलभित्र जहाजसम्म यात्रु लाने ल्याउने तथा कार्गो सेवा अर्थात भूमिस्थ प्रवन्ध सेवा खोस्न सक्ने अधिकार नेपाल नागरिक उड्डयन प्राधिकरणले पाउने छ ।

हाल नेपालको हवाई क्षेत्रको नियमन गर्ने यो संस्थाले पटक पटक निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई प्रतिस्पर्धाका नाममा खोस्न गरेको प्रयास निगमका कर्मचारीले असफल बनाउँदै आएका छन् ।

यसअघि सातामा ३५ उडान गर्दै नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने वायुसेवालाई सेल्फ ग्राउण्ड ह्याडलिङ दिन सकिने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई दिने प्रयास गरे पनि सफल भने हुन सकेन ।

वायुसेवा निगमका कर्मचारीको विरोधका कारण प्राधिकरणले हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिने निर्णय गरेपछि कार्यान्वयन हुन नसकेको हो ।

सेल्फ अनुमतिपछि व्यावसायिक रुपमै सेवा दिन सम्बन्धित वायुसेवा सक्षम हुने र निगमको एकाधिकार खोसिनुका साथै व्यवासायिक शाख गुम्ने भन्दै ग्राउण्ड ह्याण्डलिमा प्रतिस्पर्धाको बिरोध हुँदै आएको छ ।

वायुसेवा निगमले जहाज उडाएर कमाइ गर्नुपर्ने भए पनि कम्पनीले ग्राउण्ड ह्याण्डलिङलाई मात्रै जोड दिएको र त्यसकै कमाइमा रमाएका कारण उड्डयन सुरक्षमा ध्यान नपुगेको भन्दै पटक पटक सरकारले प्रतिस्पर्धाका नाममा निगमको अधिकार खोस्न खोजेको सरकारकै अधिकारी बताउँछन् ।

निगम ग्राउण्ड ह्याण्डलिङकै कारण हवाई उड्डयन सेवामा थप प्रतिस्पर्धी हुन नसकेको दाबी सरकारी नियकाकै पदाधिकारीको छ ।

यसअघि २०८१ जेठमा मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले हाल दिँदै आएको सेवामा भैरहवा विमानस्थलको हकमा भने हिमालय एयरलाइन्स, बुध्द एयर, श्री एयरलाइन्स र यति एयरलाइन्सबीच प्राधिकरणले प्रतिस्पर्धा गराउने निर्णय नै गरिसकेको छ ।

Skip This