सामसुङ ग्यालेक्सी ए१७ फाइभजी नेपालमा सार्वजनिक: कति पर्छ मूल्य, के छन् फिचर ?

357
Shares

सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए-सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए१७ पाइभजी सार्वजनिक गरेको छ । यसको मूल्य ३४,९९९ (८/२५६जीबी), ३०,९९९ (८/१२८जीबी) र २८,९९९ रुपैयाँ (६/१२८जीबी) तोकिएको छ ।

ग्यालेक्सी ए१७ पाइभजी मा ६.७-इन्च सुपर ए एमओएलईडी डिस्प्ले ९०एचजेड रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन, र लिनर ग्रुप गरिएको क्यामेरा सेटअप छ । यसमा ५० एमपी ओआईएस मुख्य क्यामेरा, ५एमपी अल्ट्रा-वाईड, र २एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।

यसमा जेमिनी इंटिग्रेशन, जेमिनी लाइभ, र सर्कल टु सर्च जस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउने कम्पनीले जनाएको छ ।

सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी ए१७ पाइभजी मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं। प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकून् भन्ने हाम्रो विश्वास हो । ए१७ ले एआई-सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ।’

यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता मजबुत सुरक्षा फिचरहरू छन् । साथै, छ वर्षको सुरक्षा अपडेट र छ ओएस अपग्रेडको साथमा दीर्घकालीन मूल्य सुनिश्चित गरिएको कम्पनीले जनाएको छ ।