बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन

462
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन भएको छ ।

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन्। भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो ।

गत फागुनमा नियुक्ति भएका अध्यक्ष शरद ओझालाई स।रकारले पदीय आचरण पूरा नगरेको र कार्यसम्पादन मूल्या्रकन कमजोर रहेको भन्दै साउनमा बर्खास्त गरेको थियो । ओझाको बर्खास्तीपछि रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गर्न सरकारले कमिटि गठन गरेको हो ।