
काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भीआईपीको सुविधा र सुरक्षाका लागि छुट्टै व्यवस्था गरिएको छ । आन्तरिक टर्मिनल भवनमा नयाँ भीआईपी कक्ष निर्माण गरिएकामा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरे ।
नयाँ भीआईपी कक्षासँग हाललाई व्यवस्थापन मिलाउन पुरानोलाई नयाँ स्थानमा, ठूलो क्षेत्रफलमा र सेवा तथा सुविधासहितको छ। यसअघि आन्तरिक टर्मिनल भवनकोभित्रपट्टी गोप्य ठाउँबाट भीआईपीको सेवा दिइएकोमा अब भने बाहिर खुला र ठूलो क्षेत्रफलबाट सेवा दिने निर्णय अनुसार नयाँ ठाउँमा भीआईपी कक्ष सारिएको छ ।
पहिलेको आगमन कक्ष तथा व्यागेज लिने ठाउँ खालि रहेकोले त्यसलाई आकर्षक डिजाइनसहित भीआईपी कक्षको रुपमा परिणत गरिएको हो ।








प्रतिक्रिया