
काठमाडौं । गैरआवासीय नागरिक तथा व्यवसायी उपेन्द्र महतोको लगानीमा रहेको नेपाल मेडिसिटी अस्पतालको व्यापार गत आर्थिक वर्षमा घटेको पाइएको छ ।
अश्विन मेडिकल कलेज एन्ड हस्पिटल प्रालिद्वारा सञ्चालित हस्पिटलको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा कमी आएको हो ।
हस्पिटलले सन् २०२४ मा २ अर्ब ७४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । तर सन् २०२४ मा करिब २० करोड रुपैयाँको कम कारोबार भई २ अर्ब ५५ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, हस्पिटलले सन् २०२३ मा २ अर्ब ८२ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ७८ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले नेपाल मेडिसिटी हस्पिटलको नामबाट सन् २०१७ बाट व्यवसायिका कारोबार सुरु गरेको थियो । हस्पिटल नेपालको पहिलो हस्पिटल एन्ड हेल्थकेयर प्रोभाइडर्स इन्टरनेशनलद्वारा मान्यता प्राप्त अस्पताल हो ।
हस्पिटलले २ सय ४७ वटा शय्या क्षमताको साथ सेवा दिँदै आएको । हस्पिटलले विभिन्न प्रकारका विशेष स्वास्थ्य सेवा सुविधा प्रदान गर्दै आएको छ ।
महतो ग्रुप अफ इन्ड्रष्टिजले सञ्चालनमा ल्याएको हस्पिटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अबै ९४ करोड १४ लाख रुपैयाँको रेटिङ गराएको छ ।
हस्पिटलले सन् २०२५ मा साढे २ अर्ब रुपैयाँको व्यापार गर्दा नाफा भने कमाउन सकेको छैन । सुरुवाती वर्षहरुमा हस्पिटलले सञ्चित घाटा व्यहोरेको थियो । तर सन् २०२४ को सेप्टेम्बरमा आएको बाढीका कारण हस्पिटलको सञ्चित घाटा उच्च भएको पाइएको छ । बाढीका कारण गत आर्थिक वर्ष हस्पिटलले ३२ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
बाढीका कारण सेवा प्रवाहमा पनि असर परेको अस्पताल भनाइ छ । बाढीका कारण बिरामीको संख्यामा कमी आई व्यापारमा कमी आएको अस्पतालले उल्लेख गरेको छ । बाढीले अस्पतालमा क्षति पुर्याएकाले आगामी दिनमा पुनः बाढीले असर नपुर्याउने उद्देश्यसहित ४ फिट पर्खाल उठाइएको कम्पनीले जनाएको छ ।







प्रतिक्रिया