भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन


काठमाडौं । डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरिएको छ । डेल्टा अटोकर्प प्रालि भेष्पा अप्रिलिया, नेपालको लागि आधिकारिक बिक्रेता हो ।

जसले ग्राहकहरुलाई उत्कृष्ट बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ। यो नयाँ सर्भिस सेन्टर पिपलबोट, बौद्ध, काठमाण्डौमा अवस्थित छ र भेष्पा अप्रिलियाको सबै स्कुटरहरूको लागि पूर्ण-सुविधा सम्पन्न सेवा प्रदान गर्न तयार छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता छौं। यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका ग्राहकहरुलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ।”

नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू र अनुभवी प्राविधिकहरू उपलब्ध छन्, जसले स्कुटरहरूको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछन्। ग्राहकहरुले अब स्पेयर पार्ट्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन्।

कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउनेछ ।

भेष्पा अप्रिलियाका ग्राहकहरुले अब आफ्नो स्कुटरको मर्मतका लागि सहजै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन् । कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ र यो नयाँ सेन्टरले ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नेछ जानकारी गराए।