सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आकलन


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताएका छन् ।

दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको बिक्री ४० प्रतिशत बढ्ने आँकलन गरिएको उनको भनाइ छ ।

यसले बजारमा सुधारको संकेत दिएको ढकालले बताए ।

पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् नरहे पनि गत वर्षदेखि निजी क्षेत्रको लागि उत्साह थपिँदै गएको उनको भनाइ छ ।

सरकारले अबलम्बन गरेका नीतिगत कारणहरुले गर्दा निजी क्षेत्र चलायमान हुन थालेको ढकालले बताए ।

सरकारले निजी क्षेत्रको सुझाव अनुसार ३० भन्दा बढी कानुनको सुधार गरेको उनको भनाइ छ ।

अध्यक्ष ढकालले सुधार गरिएको ऐन अनुसार नियममावली बनाउन आवश्यक रहेको बताए ।

बजेट र मौद्रिक नीति पनि निजी क्षेत्रको सुझावअनुसार नै आएको उनले बताए ।

बैंकमा प्रशस्त लगानीयोग्य रकम भएको, व्याजदर एकल अंकमा रहेको र कानून पनि निजी क्षेत्रमैत्री रहेको कारण लगानीको लागि योग्य वातारवण बनेको उनले बताए । अध्यक्ष ढकालले सवारी साधनको लागि सरकारले लागू युरो ६ मापदण्ड सकरात्मक रहे पनि केही समय होल्ड गर्न आग्रह गरे । युरो ६ मापदण्ड लागू गर्ने निणय एकाएक भएकोले कतिपय व्यवसायीहरु समस्यामा परेको उनले बताए ।

अर्डरमा पठाइसकेका, उत्पादन भइसकेका र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरुको नेपालकै लागि बनाइएको सवारीसाधनहरु अलपत्र बनेको उनको भनाइ छ । यसको लागि छोटो समय दिएर अर्डर भइसकेका सवारी साधनहरु ल्याउन दिनुपर्ने उनको माग छ ।