
काठमाडौं । चिनियाँ ब्रान्ड एक्सपेङ एक्स–९ नेपाली बजारमा सार्वजनिक भएको छ । एक्सपेङ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ एक्स–९ सार्वजनिक गरेको हो ।
कम्पनीले यसको मूल्य २ करोड २० लाख रुपैयाँ निर्धारण गरेको छ।
एक्सपेङ एक्स–९ मा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसको रेन्ज ५०० किलोमिटरभन्दा धेरै रहेको कम्पनीको दाबी छ। यसमा २३५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । एक्सपेङको एक्स–९ एमपीभीको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम छ।
यसको क्याबिनमा रियर प्यासेन्जरको लागि समेत सिलिङ माउण्टेड २१.४ इन्चको फोल्ड डाउन फिचर भएको थ्रीके रेजुलुसन डिस्प्ले दिएको छ। प्यानारोमिक सनरुफ, फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल पाउन सकिन्छ। यसमा अगाडि डबल विसबोन र रियरमा मल्टिलिकं इन्डिपेन्डेन्ड सस्पेनसन छ। यी दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम रहेको छ।







प्रतिक्रिया