
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल सकारात्मक बन्दै जाँदा अर्थतन्त्रमा पनि त्यसको असर देखिन थालेको बताएका छन् ।
मंगलबार नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजित १७औं संस्करणको नाडा अटो शो-२०२५ को उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
‘अटो शोले अर्थतन्त्रमा पुर्याएको योगदान एकदमै महत्त्वपूर्ण छ । पछिल्लो केही वर्षयता अर्थतन्त्र सुस्त बन्दा त्यसको असर समग्र क्षेत्रमा पर्दै गएको थियो,’ अध्यक्ष ढकालले भने, ‘तर, यस वर्षबाट बजारमा माग बढी गएको छ । निजी क्षेत्रको मनोबल पनि यस वर्षबाट सकारात्मक बन्दै गएको छ ।’
उनले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र नीतिगत सहजता अपनाइएको कारणले गर्दा पनि समग्र अर्थतन्त्र चलयमान बन्न थालेको बताए । ‘पछिल्लो समय विद्युतीय सवारीसाधनको आयात जुन किसिमले भइरहेको छ यो हाम्रो लागी सकारात्मक छ,’ उनले भने, ‘आगामी दिनमा पनि सहज नितिले बजार थप राम्रो हुनेछ ।’







प्रतिक्रिया