
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । नख्खु कारागारमा थुनामा रहेका उनलाई जन्डिस भएको आशंका गरिएको छ ।
रास्वपा उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सोमबार दिउँसो नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेटेका थिए ।
सो क्रममा लामिछानेको छालामा पहेँलोपन देखिएपछि जन्डिसको आशंका गरिएको र तत्काल रगत परीक्षणका लागि वीर अस्पताल पठाइएको छ । लामिछानेलाई जन्डिसको आशंका भएकाले रगत नमूना वीर अस्पतालमा परीक्षणका लागि पठाइएको हो ।
रगतको रिपोर्ट अहिलेसम्म आएको छैन ।
सहकारी ठगी प्रकरणमा पुपर्क्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई गत शनिबार मात्रै रूपन्देहीको भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिएको हो । उनलाई करिब चार सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको कारागार प्रशासनले जनाएको छ ।







प्रतिक्रिया