
काठमाडौं । राष्ट्र बैंकले चाँदी आयातको लागि भुक्तानी सीमा बढाएको छ । राष्ट्र बैंकले औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्ने व्यवसायीलाई विदेशी मुद्राको सटही सुविधा बढाएको छ ।
केन्द्रीय बैंकले आइतबार विदेशि विनिमय कारोबार गर्न अनुमति पाएको निकायलाई जारी गरेको एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त सीमा बढाएको हो । ३ लाख अमेरिकी डलरसम्म रहेको सीमा बढाएर केन्द्रीय बैंकले ५ लाख अमेरिकी डलर पुर्याएको हो ।
‘सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ,’ राष्ट्र बैंकको संशोधित निर्देशनमा भनिएको छ ।







प्रतिक्रिया