२७ अंकले घट्दै नेप्से २७६१ बिन्दुमा, ७ अर्ब ७३ करोडको कारोबार


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबार पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार भने नेप्से २.६२ अंकले बढेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।

आइतबार नेप्सेमा कुल ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन बिहीबार भने नेप्सेमा ७६ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार कारोबारमा आएकामध्ये ५८ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको घटेको छ ।