
काठमाडौं । गौरा कन्स्ट्रक्सन प्रालिको आम्दानी ५१ प्रतिशतले घटेको छ । कम्पनीको आम्दानी सन् २०२४ को तुलनामा सन् २०२५ मा ५१ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२४ मा ३४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । तर, सन् २०२५ मा कम्पनीले १६ करोड ८० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ३१ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा ३६ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।
सन् १९७६ मा स्थापना भएको कम्पनीले सन् १९८५ बाट व्यवसायिक कारोबार सुरु गरेको थियो । नेपाल सरकारबाट क वर्गको इजाजतप्राप्त कम्पनीले विभिन्न विकास निर्माणको कार्य गर्दै आएको छ । कम्पनीले भवन, सडकऽ विद्युतलगायत अन्य आयोजनामा काम गर्दै आएको छ । कम्पनीमा चार जनाको स्वामित्व रहेको । त्यसमध्ये सबैभन्दा बढी कुमार पौडेलको स्वामित्व रहेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३५ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड १६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब २८ करोड रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया