
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत तीन करोडभन्दा ठूला आयोजनालाई मात्रै बजेट विनियोजनन गर्ने व्यवस्थापछि पर्यटन विभागले सानाठूला अधिकांश आयोजनालाई तीन करोड रुपैयाँको बजेट राखेर बार्षिक कार्यक्रम बनाएको छ ।
पर्यटन प्रवद्र्धन, विकास र पर्यटकीय पूर्वाधारमा काम गर्ने यो नियकाले सार्वजनिक गरेको वार्षिक कार्यक्रम अनुसार ११२ वटा कार्यक्रममध्ये ३७ वटा मात्रै तीन करोडभन्दा मुनिका छन् भने बाँकी सबै कार्यक्रम तीन करोड रुपैयाँको रहेको छ ।
पर्यटन विभागले साना कार्यक्रमको लागि ७० लाख रुपैयाँकै कार्यक्रम अगाडि सारेको भए पनि सरकारले तीन करोड रुपैयाँभन्दा कमका आयोजनामा बजेट विनियोजन नगर्ने भनेपछि बाध्यत्मक रुपमा साना कार्यक्रममा बजेट राखेको बताएको छ।
सरकारले चालु आवको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना नराख्ने मापदण्ड बनाएको छ । बजेटमा टुक्रे योजना नराख्ने र दीर्घकालीन महत्वका आयोजना समावेश गर्ने र ठूला आयोजना मात्रै संघीय सरकारको बजेटबाट बनाउने रणनीत अनुसार उक्त मापदण्ड आएको थियो ।
राष्ट्रिय योजना आयोगले तीन करोड रुपैयाँभन्दा बढीका आयोजनामा मात्र बजेट विनियोजन गर्ने गरी राष्ट्रिय आयोजना बैंक मापदण्ड २०८१’ लागू गरेको थियो । तीन करोड भन्दा कमका आयोजनामा आवश्यकता देखेको विभागले साे भन्दा ठूला एउटै आयोजना छनाेट नगर्नलाई भने बाध्यता भनेकाे छ ।







संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार ठूला कार्यक्रम नभएकोले र ३ करोड भन्दा बढीको बजेट आवश्यक नभएको र नगरी नहुने कार्यक्रम भएकोले तीन करोडको सीमाभित्रै बजेट राखिएको छ ।
विभागका अनुसार ग्रेट हिमालय ट्रेलको सम्भाव्यता अध्ययन विभिन्न १० वटा क्लस्टरका लागि ४५ लाख, विभिन्न प्रकारको सर्वे र डिजाइनको लागि ४५ लाख, हर्क गुरुङ हाई एन्ड अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि २२ लाख, लुम्बिनीको अर्घाखाँची र कोशीको उदयपुरमा हिल स्टेसन बनाउन ७० लाखको बजेट तय गरेको छ ।
यसबाहेक २० भन्दा बढी आयोजनाको बजेट १ करोड रुपैयाँ राखिएको छ । यस्ता आयोजनामा कन्चनपुर, मनास्लु, अपि सैपाल, सगरमाथा हेरिटेज, मकालुहिमाल सहितको गन्तव्यमा जान पदमार्ग बनाउने रहेको छ ।
विभागले चालु आवकाे लागि कार्यान्वयनमा लगेकाे यस्तो बजेटमा म्युजियम बनाउने, मन्दिर बनाउने, पार्क बनाउनेविभागले चालु आवकाे लागि कार्यान्वयनमा लगेकाे यस्तो बजेटमा म्युजियम बनाउने, मन्दिर बनाउने, पार्क बनाउने, विभिन्न पर्यटकीय गन्तव्य पुग्न पदमार्ग बनाउने गरि बजेट बनाएर कार्यान्वयन थालेको बताएको छ ।
यस्ता छन् पर्यटन विभागको चालू आवको वार्षिक बजेट कार्यक्रम












प्रतिक्रिया