डीपल एस ०५ नेपालमा सार्वजनिक, १५ मिनेटमै ८० प्रतिशत चार्ज, कति पर्छ मूल्य ?

322
Shares

काठमाडौं । चांगनको डीपल एस ०५ नेपाली बजारमा सार्वजनिक भएको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपालका लागि चीनका राजदूत छन सोङले गाडी सार्वजनिक गरेका हुन् ।

५६.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो एसयूभीले एक पटकको फुल चार्जमा ४७० किलोमिटर (एनईडीसी) रेन्ज दिने कम्पनीले जनाएको छ।

के छन् विशेषता ?

कम्पनीका अनुसार नयाँ एस ०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको अनुभूति हुन्छ। यसमा नेपालमै पहिलो पटक ‘जिरो ग्राभिटी’ कम्फर्ट सिट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंक्शन र ‘वन–टच न्याप मोड’ सहितको ‘क्विन को–पाइलट’ सुविधा दिइएको छ ।

दुबै सिट वेलकमिङ फिचरसहित छन् भने १६० लिटर क्षमताको ठूलो ‘फ्रंक’, आउटडोर मोडसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानशिपले प्रत्येक यात्रालाई लक्जरीयस बनाउने दाबी गरिएको छ ।

नयाँ एस ०५ मा सेग्मेन्टमै पहिलो पटक ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा दिइएको छ, जसले साँघुरा पार्किङ स्पेसमा पनि सजिलै पार्क गर्न मद्दत गर्छ। यसमा ‘एड्भान्स ड्राइभर असिस्टेन्ट’ प्रणाली छ, जसका १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्स बढाउँछन् ।

साथै, सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले’ राखिएको छ, जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत आवश्यक सूचना सिधै विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्छ।

गाडी बाहिर रहेका व्यक्तिसँग गाडी भित्रबाटै कुरा गर्न सकिने सुविधा यो गाडीमा छ ।

यसमा पहिलो पटक विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ। यसको आयु ६ लाख किलोमिटर हुने बताइएको छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ। साथै, यसमा ‘सुपेरियर कोल्ड वेदर पर्फर्मेन्स’ फिचर रहेको छ, जसले नेपालका विविध भौगोलिक र हावापानी परिस्थितिमा समेत उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी छ।

यो गाडीको मूल्य इन्ट्रडक्टरी प्राइस लाइट भेरियन्ट ४८.९९ लाख र म्याक्स भेरियन्ट ५४.९९ लाख तोकिएको छ ।