
काठमाडौं । वाणिज्य बैंकहरूको औसत प्रतिसेयर आम्दानी १९ रूपैयाँ ४३ पैसा देखिएको छ । उनीहरूले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ईपीएस औसतमा ५ रूपैयाँले बढेको हो ।
वित्तीय विवरणअनुसार एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी ३० भन्दा बढी रहेको छ । एभरेष्टले ३८ रूपैयाँ ईपीएस रहेको वित्तीय विवरण तयार पार्दा सबैभन्दा कम एनआईसी एशियाको १ रूपैयाँ ८ पैसामात्र छ ।
वित्तीय विवरणअनुसार ५ वटाले अघिल्लो आवको तुलनामा प्रतिसेयर आम्दानी घटाएका छन् । ४ वटाको भने ईपीएस १० रूपैयाँभन्दा कम छ ।
नाफा घटेका बैंकहरूको ईपीएस घटेको छ भने नाफा बढाएको ग्लोबल आईएमईको प्रतिसेयर आम्दानी घटेको छ ।
कुन बैंकको ईपीएस कति ?











प्रतिक्रिया