वाणिज्य बैंकहरूको नाफामा भारी सुधार, वर्षभर साढे ७१ अर्ब कमाउँदा ५ बैंकको चमत्कारिक प्रदर्शन

1.1k
Shares

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा साढे ७१ अर्ब रूपैयाँ खुद नाफा गरेका छन् । उनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ४४ प्रतिशतले बढाएका हुन् ।

वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षमा ४९ अर्ब ५७ करोड ८७ लाख रूपैयाँ खुद नाफा गरेका थिए । गत आवमा भने २२ अर्ब रूपैयाँ बढी अर्थात् ७१ अर्ब ४५ करोड ८ लाख रूपैयाँ नाफा गरेका छन् ।

२० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल हो । दोस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहँदा तेस्रोमा ग्लोबल आईएमई, चौथोमा प्रभु र पाचौंमा एभरेष्ट रहेको छ ।

गत आव ५ बैंकले चामत्कारिक सुधार गरेको देखिएको छ । कुमारी बैंकले नाफा ४५८ गुणाले बढाउँदा नेपाल बैंकले १३१ गुणा र प्रभु बैंकले करिब १० गुणाले नाफा बढाएको छ । यसैगरी माछापुच्छ्रे बैंकले पनि नाफा करिब दोब्बर बनाउँदा एनआईएमबिले ६४ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

४ बैंकले भने अघिल्लो आवभन्दा कम नाफा गरेका छन् । सबैभन्दा कम नाफा गर्ने बैंक एनआईसी एशिया हो ।

२० मध्ये नबिलले मात्र ७ अर्बभन्दा बढी नाफा गर्दा २ बैंकले ६ अर्बभन्दा बढी, एउटाले ५ अर्ब बढी, ४ वटाले ४ अर्ब भन्दा बढी र ५ वटाले ३ अर्बभन्दा बढी खुद नाफा गरेका छन् ।

कुन बैंकको नाफा कति ?

Skip This