
पाल्पा । लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका छन् । सहकारीको २ करोड ८७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रम्भा गाउँपालिका–४, हुमिनका बम्रेललाई संस्थाका अध्यक्ष सुबि विकको उजुरीका आधारमा साउन २७ गते राति घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लेखापरीक्षण प्रतिवेदनअनुसार, बम्रेलले कार्यकारी प्रमुखका रूपमा सदस्यहरूको बचत रकम व्यक्तिगत तथा पारिवारिक प्रयोजनमा खर्च गरेका छन् । सहकारीको झण्डै एक हजार सदस्यबीच पाँच करोड रुपैयाँ बचत र राष्ट्रिय सहकारी बैंकको करिब एक करोड रुपैयाँ फिर्ता गर्न बाँकी छ ।
२०६४ सालदेखि संस्थापक अध्यक्ष र पछिल्ला वर्षहरूमा कार्यकारी व्यवस्थापक रहेका बम्रेललाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया