दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट, कतिले पाए?

427
Shares

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट भएको छ । दरमखोला हाइड्रोले साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणका आवेदन खुला गरेको आईपीओ बिहीबार बाँडफाँट गरेको हो ।

कम्पनीले २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्काशन खुला गरेको थियो, जसमा २२ लाख ९६ हजार ४६५ जनाले २ करोड ६४ लाख ९८ हजार ५९० कित्ताको लागि आवेदन दिएका थिए ।

जसमध्येबाट २ लाख ४२ हजार ३१२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । ५ जनाले भने ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि, २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेकाका लागि यसअघि नै बाँडफाँड गरिसकेको छ ।

त्यस्तै कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरिसकेको पश्चात दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ताका लागि आवेदन खुलाएको थियो ।