राष्ट्रिय वाणिज्य बैंकको नाफामा उच्च सुधार, करिब ४ अर्ब पुग्दा पेन्सन दायित्व र सञ्चित नोक्सानीको दबाब

413
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ४९.५३ प्रतिशतले बढाएको हो ।

आव २०८०/८१ मा २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो । नाफा बढे पनि अवकासप्राप्त कर्मचारीलाई दिनुपर्ने पेन्सनको लागि अवकोस कोषको उपयुक्त लगानी व्यवस्थापन हुन नसक्दा बैंकको एक्चुरियल लस बढेर वितरणयोग्य नाफा भने न्युन मात्रै छ ।

बैंकको खुद ब्याज आम्दानी बढाउन नसके पनि फि तथा कमिसन आम्दानी र अन्य सञ्चालन आम्दानी उल्लेख्य बढेको छ । यस्तै सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन पनि केही घटेको छ । जसले गर्दा बैंकको नाफा उल्लेख्य बढेको हो । खुद ब्याज आम्दानी खुद ब्याज आम्दानी ०.५२ प्रतिशतले बढेर १० अर्ब ८ करोड २४ लाख पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी ७२.८७ प्रतिशतले बढेर १ अर्ब २५ करोड ५२ लाख पुगेको छ । त्यस्तै अन्य सञ्चालन आम्दानी ८६.६९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ६६ लाख पुगेको छ ।

यता सम्भावित कर्जा नोक्सानी व्यवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अघिल्लो आवमा १ अर्ब १४ करोड ६५ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेकोमा गत आवमा घटेर ७१ करोड ३२ लाख रुपैयाँ मात्रै कर्जा नोक्सानी व्यवस्था गरेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानी बैंकको खुद सञ्चालन आम्दानी १६.६६ प्रतिशतले बढेर १२ अर्ब १३ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कर्मचारी खर्च केही बढेपनि सञ्चालन नाफा ३१.५९ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड २६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको सञ्चालन नाफा ४ अर्ब करोड ३ लाख रुपैयाँ थियो ।

नाफा बढे पनि अवकास पाएको कर्मचारीको पेन्सनको लागि एक्चुरीयल लसमा ८४ करोड र अन्य खर्चको लागि नियामकीय जगेडामा ३९ करोड छुट्याउँदा बैंकले लाभांश दिने क्षमता भने कमजोर बनेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५२ करोड ५६ लाख वितरणयोग्य नाफा कमाए पनि विगतको सञ्चित नोक्सानी १ अर्ब २ करोड २२ लाख घटाउँदा सञ्चित नाफा ३० करोड ३५ लाख रुपैयाँ मात्रै छ । जसले १.९४ प्रतिशत मात्रै लाभांश दिने क्षमता राख्छ ।

१५ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ३२ पैसाबाट बढेर २४ रुपैयाँ ४१ पैसा पुगेको छ । त्यस्तै जगेडाकोषमा ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ छ । गत असारमा बैंकको प्रतिसेयर नेटवर्थ ३०४१ रुपैयाँ ५९ पैसा पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप ७१ अर्बले बढाएर ५ खर्ब ४१ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै कर्जा साढे ४८ अर्बले बढाएर २ खर्ब ९४ अर्ब १९ करोड रुपैयाँ पुर्‍याएको छ । कर्जा निक्षेप अनुपात ६२.३९ प्रतिशत मात्रै रहेको बैंकको अधिक तरलताको चापले गर्दा कर्जा विस्तार भएपनि खुद ब्याज आम्दानी बढ्न नकेन । गत असारमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.४६ प्रतिशत सहित कुल पुँजीकोष अनुपात ११.८४ प्रतिशत छ । निष्क्रिय कर्जा ४.२८ प्रतिशतबाट ३.५९ प्रतिशतमा घटेको छ । आधार दर ४.७८ प्रतिशतमा झरेको छ ।