सरकारलाई रास्वपाको प्रश्न: जिबी राईलाई कहाँ लुकाइएको ?

21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका आरोपित जिबी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारसँग जवाफ मागेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएपछि सभामुखसँग समय लिएर बोल्दै रास्वपा सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे ।

‘जिबी राईलाई कहाँ लुकाइएको छ ?’ चौधरीले सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? उनी घरभित्र छन् कि सत्ताको ओढारभित्र ?’

सांसद चौधरीले गिरिबन्धु टि इस्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका मुद्दाको अवस्थाबारे पनि गृहमन्त्रीसँग जानकारी मागे ।

‘गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो ? के यसले पनि राजनीतिक पासपोर्ट पायो ?’ उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ पुग्यो ?’