सुनको मूल्य घट्यो, कति पुग्यो ?

1k
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने वृद्धि भएको छ । मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ रहेको चाँदी बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।