
काठमाडौं । सेयर बजारमा २४.७१ अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.७१ अंकले घटेर २७९७.७४ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से २७.९० अंकले घट्दै २८२२.४६ बिन्दुमा रोकिएको थियो ।
मंगलबार नेप्सेमा कुल ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल १० अर्ब माथिको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
मंगलबार सिटी होटल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्लिेस हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
मंगलबार होटल तथा पर्यटन समूहको सेयर मूल्य १.२४ प्रतिशतले बढ्नुबाहेक बाँकी सबै समूहको सेयर मूल्य घटेको छ ।










प्रतिक्रिया