समस्याग्रस्त सिभिल सहकारीको सोल्टीमोडको १ रोपनी बढी जग्गा बेच्दै सहकारी व्यवस्थापन समिति

826
Shares

काठाडौं । समस्याग्रस्त सिभिल सेभिङ एण्ड त्रेडिट कोअपरेटिभको सोल्टीमोडमा रहेको सिभिल कम्प्लेक्स अगाडिको पार्किङको जग्गा बाग्मती प्रदेश सरकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लिलामीमा निकालेको छ ।

बचकर्ताको रकम अपचलन गरी हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ लगायतले बचकर्ताको रकम अपचनलन गरी जोडको सम्पत्ति बिक्री गरी बचकर्ताको रकम फिर्ता गर्न लागिएको हो।

सोल्टीमोडको सिभिल कम्प्लेक्स नभई कम्प्लेक्सको अगाडि रहेको पार्किङ एरियाको करिब १ रोपना जग्गा बिक्री गर्न लागेको समितिले जनाएको छ ।

५२५.९५ वर्गमिटरमा फैलिएको उक्त जग्गा न्यूनतम मूल्य ७५ लाख प्रतिआनाको दरमा बिक्री गर्नेगरी समितिले लिलामी सूचना निकालेको छ ।

सहकारीका बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने प्रयोजनार्थ समितिले सहकारीको जग्गा तोकेको न्यूनतम मुल्य ७५ लाखमा नघट्ने गरी गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

उक्त जग्गा खरिदका लागि ३५ दिनभित्र समस्याग्रस्त सहकारी व्यवस्थापन समितीको कार्यालयमा गई फारम भर्न सकिनेछ । जग्गा खरिदका लागि समितिले राखेको विभिन्न सर्त अनुसार फारम भर्नु पर्नेछ ।

बाग्मती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्व राफसाफ गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको थियो ।