ब्यादजर घटे पनि सेवा शुल्क र कमिसनले लगानी कोषलाई राहत, नाफा बढ्दा ईपीएस बढेन

154
Shares

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ब्याजदर घट्दा कोषको ब्याज आम्दानीमा पनि गिरावट आए पनि सेवा शुल्कमा आएको वृद्धि र खर्चमा कमी आउँदा कोषको नाफा बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कोषले १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षमा कुल १ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ कुल आम्दानी गरेको नागरिक लगानी कोषले गत आर्थिक वर्षमा भने २ अर्ब ९ करोड ७४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जसमध्ये ३३ करोड रूपैयाँ ब्याज आम्दानी हो भने १ अर्ब ६५ करोड ३५ लाख रूपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी हो । गत आवमा ब्याज आम्दानी ४४ करोड हुँदा सेवा शुल्क र कमिसन आम्दानी १ अर्ब ४१ करोड १२ लाख रूपैयाँमात्र थियो ।

अघिल्लो आर्थिक वर्षमा ४५ करोड ५० लाख कुल खर्च गरेको कोषले गत आर्थिक वर्षमा भने ४२ करोड ४२ लाख रुपैयाँ मात्रै कुल खर्च गरेको छ । नागरिक लगानी कोषले गत वर्ष व्यवस्थापन खर्च घटाएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ३२ करोड ७५ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको नागरिक लगानी कोषले गत आर्थिक वर्षमा घटाएर २७ करोड ६९ लाख रुपैयाँ मात्रै गरेको छ ।

कोषको अघिल्लो आर्थिक वर्षसम्म २ खर्ब ४३ अर्ब ७२ करोड रूपैयाँ कुल लगानी रहेकामा गत आर्थिक वर्षसम्म आईपुग्दा २ खर्ब ८९ अर्ब १६ करोड पुगेको छ । जसमध्ये सबैभन्दा धेरै १ खर्ब ३० अर्ब रूपैयाँ बैंकमा मुद्दती निक्षेप राख्दा, ६१ अर्ब रूपैयाँ सापटी वा कर्जामा लगानी गरेको छ । यसैगरी करिब ३२ अर्बको सेयर किनेको छ भने २६ अर्ब रूपैयाँ समयकालीन कर्जा प्रवाह गरेको छ ।

नाफा बढे पनि नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी २०.७५ रुपैयाँबाट घटेर १९.३४ रुपैयाँमा सीमित भएको छ । यसैगरी १७१.४५ रुपैयाँ रहेको प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ कायम भएको छ ।

Skip This