
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘एचएलआई लार्ज क्याप फण्ड’ र ‘आरविवि फोकस ४०’ नामक सामुहिक लगानी योजनालाई स्वीकृति प्रदान गरेको छ ।
बोर्डले एअएलआईलाई प्रति निष्कासन इकाई १० रुपैयाँका दरले ४० करोड इकाई निष्कासनका लागि स्वीकृति दिएको हो ।
बन्दमुखी किसिमको यस फण्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ ।
यस्तै, आरविवि फोकसलाई पनि प्रति निष्कासन इकाई १० रुपैयाँका दरले १० करोड ईकाई निष्कासन अनुमति दिइएको छ ।
यसको निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।








प्रतिक्रिया