
काठमाडौं । लगातारको तीन दिनको गिरावटपछि सेयर बजारमा सुधार आएको छ ।
साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अंकले बढेर २८७५.५५ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से ६३ अंकले घटेको थियो भने गत साताको बिहीबार ३१ अंकले र बुधबार ४७ अंकले संकुचित बनेको थियो ।
सोमबार नेप्सेमा कुल १० अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भने १२ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १४० कम्पनीको सेयर मूल्य बढ्दा ११० कम्पनीको घटेको छ ।








प्रतिक्रिया