सुनको भाउ बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

336
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २५० रुपैयाँ कायम भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।