एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार म्युचुअल फण्डद्वारा साढे ३६ करोड लाभांश घोषणा

119
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअर्थात् म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् ।

क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार म्युचुअल फण्डहरुले गत आर्थिक वर्षको नाफाबाट ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ बराबर प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्सले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)ले ८.६५ प्रतिशत र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएका हुन् ।

फण्डहरुको उक्त प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि साउन २९ गते एक दिन इकाइधनी पुस्तिका बन्द हुनेछ । फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न साउन २८ गते बुधबारसम्म इकाईधनी बन्नुपर्नेछ ।

Skip This