निलम्बनविरुद्ध शरद ओझाको रिट फुयाल र पाण्डेयको इजलासमा, होला सुनुवाइ ?

280
Shares

काठमाडौं । निलम्बनविरूद्ध नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेको रिटमा आइतबार (आज) सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि पेसी चढ्को छ । २५ नम्बरमा रहेको रिटको आज सुनुवाइ हुने सम्भावना भने न्यून देखिएको छ ।

यसअघि गत बुधबार उक्त रिट हेर्न नमिल्नेमा परेको थियो ।

बुधबार ओझाको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा पेसी चढेको थियो । उक्त रिट हेर्न नमिल्नेमा परेको थियो ।

यसअघि न्यायाधीशद्वय अब्दुल अजिज मुशलमान र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो।

आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज तथा निलम्बनमा फुकुवाको माग गर्दै ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाई संयुक्त रूपमा दायर रिटमा छानबिन समितिका अध्यक्ष कृष्ण गिरी तथा सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई पनि विपक्षी बनाइएको छ।

रिटमाथि मागमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुशलमानले सरकारलगायत विपक्षीहरूलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएका थिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबारे छानबिन गर्न सरकारले असार ३० गते समिति बनाएको थियो ।

उनको आचरण, पदीय मर्यादा र कार्यक्षमताबारे छानबिन गर्न समिति बनाइएको हो । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः निलम्बनमा परेका थिए ।

फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् ।