सुनको मूल्य तोलामै ३४ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

231
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार(आज)सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँ बढेर २ हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी २ हजार २३५ रुपैयाँ मा कारोबार भएको थियो ।