
काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि महानगरले २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँको बजेट विनियोजन गरेकामा ५२.१३ प्रतिशतमात्र खर्च गरेको हो ।
महानगरले पुँजीगततर्फ ६ अर्ब ७३ करोड ९३ लाख ९८ हजार रुपैयाँ तथा चालुतर्फ ६ अर्ब ६२ करोड ९१ लाख १८ हजार खर्च गरेको छ ।
यो वर्ष महानगरपालिकाले पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ तथा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो ।
२५ अर्बको बजेटबाट महानगरले आफ्नो कार्यालयको लागि २० अर्ब २७ करोड ५८ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटको ५०.२१ प्रतिशत अर्थात् १० अर्ब १८ करोड ७ लाख ८६ हजार खर्च गरेको छ । जसमध्ये चालुतर्फ ५ अर्ब ६७ करोड ६ लाख ५५ हजार खर्च हुँदा पुँजीगत तर्फ ४ अर्ब ४४ करोड १ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ ।
कार्यालयको लागि महानगरले चालुतर्फ ९ अर्ब ६ करोड ९१ लाख ८ हजार र पुँजीगत तर्फ ११ अर्ब ८ करोड ६७ लाख १४ हजार रुपैयाँ छुट्याएको थियो ।
सबैभन्दा बढी बजेट खर्च गर्ने वडाहरु १२, १९ र २७
महानगरपालिकाको ३२ वटा वडामध्ये वडा नं. १२, वडा नं. १९ र वडा नं. २७ ले सबैभन्दा बढी खर्च गरेका छन् ।
महानगरपालिकाको ३२ वटा वडामध्ये वडा नं. १२, वडा नं. १९ र वडा नं. २७ ले सबैभन्दा बढी खर्च गरेका छन् । वडा नं. १२ ले आर्थिक वर्ष २०८१/८२ मा ७ करोड ४७ लाख ७९ हजार बराबरको खर्र्च गरेको छ । उक्त वडाको लागि ८ करोड ८२ लाख ७३ हजार रुपैयाँ विनियोजन गरिएको थियो । सो बजेटको ८४.७१ प्रतिशत बजेट खर्च भएको छ । यो सबैभन्दा बढी खर्च गर्ने वडा हो ।
सो वडाले चालुतर्फ १ करोड ५९ लाख ३० हजार खर्च गर्दा पुँजीगत तर्फ ५ करोड ८८ लाख ४९ हजार बजेट खर्च गरेको छ । सो वडामा गत आवका लागि चालुतर्फ १ करोड ७७ लाख ५३ हजार र पुँजीगततर्फ ७ करोड ५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
यसैगरी वडा नं. १९ ले आर्थिक वर्ष २०८१/८२ मा ७ करोड ८१ लाख ७७ हजार रुपैयाँ खर्र्च गरेको छ । उक्त वडाको लागि ९ करोड २७ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको थियो । सो बजेटको ८४.२९ प्रतिशत बजेट खर्च भएको छ । वडाले चालुतर्फ १ करोड ३४ लाख ६५ हजार खर्च गर्दा पुँजीगत तर्फ ६ करोड ४७ लाख ११ हजार रुपैयाँ खर्च गरेको छ । सो वडामा गत आवका लागि चालुतर्फ १ करोड ५० लाख ९० हजार र पुँजीगत तर्फ ७ करोड ७६ लाख ५२ हजार रुपैयाँ छुटुयाइएको थियो ।
यसैगरी वडा नं. २७ ले विनियोजनको ८३.९४ प्रतिशत बजेट खर्च गरेको छ ।
कम खर्च गर्ने वडाहरु ११ र १
काठमाडौं महानगरका वडाहरु मध्ये सबैभन्दा कम बजेट खर्च गर्ने वडाहरु ११ र १ रहेका छन् ।
वडा नं. ११ विनियोजन बजेटको १४.७६ प्रतिशत र वडा नं. १ ले ३५.३४ प्रतिशत मात्र खर्च गरेको छ ।
वडा नं. ११ मा गत आर्थिक वर्षका लागि १७ करोड ९८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको थियो । जसमध्ये २ करोड ६५ लाख ५७ हजार मात्र खर्च भएको छ ।
उक्त वडामा चालुतर्फ ९६ लाख ७९ हजार र पुँजीगत तर्फ १ करोड ६८ लाख ७८ हजार खर्च भएको छ । सो वडाको लागि चालु तर्फ १ करोड १९ लाख ३८ हजार र पुँजीगत तर्फ १६ करोड ७९ लाख ५० हजार रुपैयाँ छुट्याइएको थियो ।
त्यस्तै वडा न. १ ले पनि विनियोजन गरिएको बजेट १८ करोड ३ लाख ६८ हजारबाट ६ करोड ३७ लाख ३३ हजार मात्र खर्च गरेको छ ।
उक्त वडाको लागि चालुतर्फ १ करोड ७४ लाख १८ हजार र पुँजीगत तर्फ १६ करोड २९ लाख ५० हजार रुपैयाँ छुट्याइएमा चालुतर्फ ९० लाख ७६ हजार र पुँजीगत तर्फ ५ करोड ४६ लाख ५६ हजार मात्र खर्च भएको छ ।
काठमाडौ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड रुपैयाँको बजेट ल्याएको छ ।








प्रतिक्रिया