खानी खोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

126
Shares

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो । यस अनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ ।