मरिन डाइभर्सनको काम यही तालमा जारी रहे २५ वर्षमा पनि बन्दैनः प्रधानमन्त्री ओली

322
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्ने हो भने २५ वर्षसम्म बनेर नसकिने बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

डाइभर्सनको काम तीन वर्षसम्म सकिसक्नुपर्ने थियो । तर आयोजना सुरु भएको ६ वर्ष भइसक्दा समेत काम सकिएको छैन । तोकिएको समयावधी नाघिसक्दा पनि काम सुस्त गतिमा भएको भन्दै ओली भन्छन्, ‘सुनकोशी मरिन डाइभर्सन दुई, तीन वर्षमा सक्नुपर्ने, पाँच, ६ वर्ष भइसक्यो, कति वटा पक्ष त्यसको सुरु नै भएको छ । यसै हिसाबले गर्ने हो भने २५ वर्षमा पनि नसकिने गरी काम भइरहेको छ ।’

त्यस्तै ओलीले तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत भन्दा बढी रोपाईं हुन नसकेको कुरालाई उल्लेख गर्दै अहिले जलवायु परिवर्तनको कारण पनि देशमा अनौठो समस्या आइरहेको बताएका छन् ।